Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

टोकियो  – जापानको एक मेडिकल समूहले दुई वर्षमुनिका बालबालिकालामा मास्ककाे प्रयोग नगर्न सुझाएका छन् । दुई वर्षमुनिका बालबालिकामा मास्ककाे प्रयोगले श्वास लिन कठीनाइ भई निस्सासिने जोखिम बढी रहेकोले मास्क प्रयोगबाट बच्न अभिभावकलाई जापानी मेडिकल समूहले सुझाव दिएका हुन् ।

कोरोनाभाइरसको सङ्क्रमण रोक्न चिकित्सक र विश्व स्वास्थ्य सङ्गठनले अनिवार्य मास्क प्रयोगमा जोड दिँदैआएको छ । लकडाउन खुकुलो गर्दा सामाजिक दूरी बनाउन कठिन हुँदा मास्क प्रयोग अझै अनिवार्य गरिएको छ । तर जापानको बाल चिकित्सक सङ्घले शिशुका लागि मास्क घातक हुनसक्ने चेतावनी दिएको छ ।

“शिशुमा श्वास लिने नली साँघुरो हुन्छ, मास्क प्रयोगले मुटुमा दबाव बढाउँछ र शिशुमा ‘हिट स्ट्रोक’ समेत बढ्ने जोखिम हुन्छ ।” – जापानी चिकित्सक सङ्घले आफ्नो वेबसाइटमा जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

अमेरिकी रोग नियन्त्रण केन्द्र(सीडीसी)ले पनि दुई वर्षमुनिका बालबालिकाको अनुहार ढाक्न नहुने सुझाएको छ ।

 

 

तपाईको प्रतिक्रिया