Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

टोकियो – कोरोना उपचारमा नया सम्भावना देखाएको जापानी औषधि ‘अविगान‘ फर्मास्यूटिकलद्धारा मेको अन्त्यसम्मका लागि क्लिनिकल परीक्षण शुरु गरेको थियो ।

तर मंगलबार स्वास्थ्य मन्त्री कत्चुनोबू कातोले परीक्षणमा स्पष्ट प्रभावकारिता नदेखिएकोले यसको परीक्षण अवधि जून वा त्यो भन्दा बढी समयको लागि लम्ब्याइएको बताएका छन् ।

चीनमा गरिएको प्रयोगका क्रममा कोभिड-१९ विरुद्धको उपचारमा सहयोग पुगेको पाइएपछि जापानले त्यो औषधीको उत्पादन बढाउन लागेको थियो ।

सन् २०१४ मा जापानी रसायनिक कम्पनी फुजिफिल्म होल्डिङ कम्पनीले बनाएको यो औषधिले मानिसको कोषमा भाइरसलाई संख्या वृद्धि गर्नबाट रोक्छ ।

मेको अन्तिमसम्म परीक्षण गरेर कोरोनाविरुद्धको औषधि स्वीकृतिको लागि आवेदन दिने योजना भएतापनि जापानको फुजिता हेल्थ युनिभर्सिटी र फुजिफिल्ममा भइरहेको क्लिनिकल परीक्षण लामो समाएको लागि जारी हुने भएको छ।

केहि विशेषज्ञहरुले सरकारले सो औषधि अनुमोदन गर्न हतार गर्न नहुने धारणा समेत ब्यक्त गरेका छन् ।

औषधि कोरोना भाइरस संक्रमितको उपचारका लागि लाभदायी र प्रभावकारी देखिएपछि, सिन्जो आबेले मे महिनाको अन्त्यसम्म परीक्षणका लागि निर्णय अघि सारेका हुन् ।

चीनमा गरिएको परीक्षणमा त्यो औषधी दिइएपछि भाइरसको वृद्धि हुने दर घटेको र बिरामीहरूमा कोभिड-१९ का लक्षणहरू घटाउन सहयोग पुगेको चिकित्सकहरूले बताएका थिए।

तर जापानी अधिकारीले चाहिँ कोरोना भाइरस संक्रमणको उच्चतम तहमा पुगेका बिरामीलाई यो ठिक नभएको जानकारी दिएका छन् ।

साथै अधिकारीहरूले त्यो औषधी अझै पूरै प्रभावकारी नभएको भन्दै त्यसले गर्भवती महिलामा खराब असर गर्ने बताइरहेका छन्।

हालको क्लिनिकल परीक्षणका क्रममा सामान्य लक्षण भएका र लक्षण नै नदेखिएका कोरोना सक्रमित व्यक्तिहरुहरुको उपचारमा सो औषधि प्रयोग गरिएको छ ।

अहिले संसारभरी कोरोना भाइरसको एन्टी भाइरल औषधि बनाउने र परिक्षण गर्ने काम समानान्तर रुपमा जारी छ ।

कोरोना उपचारमा बरदान सावित हुने विश्वासका साथ ‘अविगान‘ क्लिनिकल परीक्षण अघि बढाइएको थियो तर अब अनुमोदनको प्रक्रियाका लागि के कति समय लाग्छ भन्न नसकिने अवस्था रहेको जनाइएको छ  ।

तपाईको प्रतिक्रिया