Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – न्युजील्याण्डले कोरोनामाथि पूर्णरुपमा नियन्त्रण पाएको छ । अहिलेसम्म न्युजील्याण्डमा केवल एक जनामात्र कोरोना संक्रमित अस्पतालमा रहेका छन् । त्यस्तै न्युजील्याण्डमा अहिले कुल २२ संक्रमित रहेका छन् ।

न्युजील्याण्डमा अहिलेसम्म १५ सय ४ जना संक्रमित भएका छन् भने २१ जनाको मृत्यु भएको छ । न्युजील्याण्डमा मे महिनामा कुनै नयाँ कोरोना संक्रमित देखिएका छैनन् । देशका अधिकांश क्षेत्रबाट लकडाउन हटाइएको छ ।

देशमा कोरोनाको चक्र तोड्न सरकारले उत्कृष्ट काम गरेको भन्दै न्युजील्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनको देश भित्र र बाहिर निकै प्रसंशा भइरहेको छ ।

तपाईको प्रतिक्रिया