Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाण्डाै – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसका बिरामीका लागि जारी गरेको क्लिनिकल ट्रायलमा रोक लगाएको छ।

संगठनले सुरक्षाको कारण देखाउँदै कोरोना भाइरस विरुद्धको सम्भावित परीक्षणको लागि प्रयोग भैरहेको औलो रोग विरुद्धको औषधि हाइड्रो साइक्लोरोक्विन प्रयोगमा अस्थायी रुपमा रोक लगाउने निर्णय गरेको हो ।

कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो ।

यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बसेको थियो । १० सदस्य देशका प्रतिनिधि रहेको यो समूहको बैठकपछि हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय डब्ल्यूएचओले गरेको हो । साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णयसमेत भएको छ ।

सामान्यतया हाइड्रोक्सिक्लोरोक्विन तथा क्लोरोक्विनको प्रयोग मलेरिया तथा लुपस जस्ता अटोइम्युन बिरामीका लागि प्रयोग गरिन्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त औषधि प्रयोगका लागि लगातार प्रोत्साहित गरिरहेका छन्। उनी आफैंले समेत सो औषधि सेवन गरेको बताएका थिए।

तपाईको प्रतिक्रिया