Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपालमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । योसँगै आज मात्रै ७९ जनामा कोरोना पुष्टि भएको छ ।

नयाँ संक्रमितमा अछामका एक जना, बर्दियाका ३ जना, पर्साका २ जना र काठमाडौँ स्थायी ठेगाना भएका बारामा कार्यरत एक जना र बारामा ७० बर्षिय मृतकको कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै कुल संक्रमितको संख्या ६८२ पुगेको छ, जसमा ६०२ जना पुरुष र ८० जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म ११२ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६८२ पुगेको छ । जसमा पुरुषको संख्या ६०२ र महिला ८० जना रहेका छन् ।

तपाईको प्रतिक्रिया