Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण  विश्वका विभिन्न देशमा रहेका ११७ जना नेपालीको ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा यो साता थप १९ जना नेपालीहरुले कोरोनाका कारण ज्यान गुमाएका छन्।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी  बेलायत, अमेरिका र  संयुक्त अरब इमिरेट्समा रहेका गैरआवासीय नेपालको मृत्यु भएको छ।

बेलायतमा ६५ जना र अमेरिकामा  १६ जनाको निधन भएको छ ।

त्यसैगरी संयुक्त अरब इमिरेट्समा कोरोना भाइरसका कारण ज्यान गुमाउने नेपालीको संख्या १८ पुगेको छ ।

मृत्यु हुनेमा ९५ पुरुष र १९ जना महिला रहेको स्वास्थ्य समितिले जनाएको छ । त्यस्तै, ५० देखि ९० वर्ष उमेर समूहमा सबैभन्दा धेरै ५३ प्रतिशतको निधन भएको छ ।

नेपाल बाहेक विश्वभर १२ हजार २ सय २६ नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन्।

अत्याधिक कोरोना प्रभावित देशहरुमध्ये बेलायत र अमेरिकामा गत साताको तुलनामा यो साता संक्रमणको दर निकै कम हुँदै गएको र मध्यपूर्वका देशहरुमा बढ्दै गएको समितिको तथ्यांकले देखाएको छ।

विश्वभर ५३ लाख ९७ हजार ८ सय ५७ मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ३ लाख ४३ हजार ७९९ पुगेको छ ।

जापानभरमा हिजो शनिबार २६ जना नयाँ संक्रमित थपिए भने  ११ जना संक्रमितको निधन भएको छ ।

त्यस्तै राजधानी टोकियोमा हिजो २ जना नयाँ संक्रमित थपिए भने ८ जनाको मृत्यु भएको छ ।

जापानमा अहिलेसम्म संक्रमितको संख्या  १७ हजार २ सय ८१  (डाइमण्ड प्रिन्सेस क्रुजका ७१२ यात्रुहरुसहित) र भाइरस का कारण मृत्यु हुनेको संख्या ८  सय ३८  पुगेको छ ।

त्यसैगरी अहिले सम्म नेपाल भित्र ५८४ जना संक्रमित भेटिएका छन् भने तीन संक्रमितले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया