Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024
                                                          लकडाउन हटाइएपछिको वुहानको दृश्य तस्बिर : रोयटर्स

बेइजिङ – चीनमा गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन ।

गत वर्षको डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोनाले विश्वव्यापी महामारीको रुप लिँदै हजारौंको ज्यान लिइसकेको छ । तर कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने मार्चबाट भने संक्रमण तीव्र रुपमा घट्दै आएको थियो ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले नयाँ विरामी नभेटिएपनि अहिले ७९ जना सङ्क्रमितको उपचार भइरहेको छ । चीनमा अहिलेसम्म ८२ हजार ९७१ जना सङ्क्रमित भएका छन् भने ४ हजार ६३४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

दक्षिण कोरियामा २३ थपिए सङ्क्रमित
उता सङ्क्रमण नियन्त्रण गरेको ठानिएको दक्षिण कोरिएमा भने फेरी दिनप्रतिदिन सङ्क्रमितहरु भेटिन थालेका छन् । स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार शनिबार थप २३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितहरु फेरी धमाधम देखिन थालेपछि दक्षिण कोरियामा रात्री क्लव, बार, रेष्टुरेन्टलगायतका व्यवसायिक कार्यालयहरु बन्द गरिएको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोनाभाइरसबाट ११ हजार १६५ जना सङ्क्रमित भएका छन् भने २६६ जनाको मृत्यु भएको छ ।

अहिले भेटिएका १३ जना राजधानी सोलसँगैको ग्येन्गी प्रान्तमा भेटिएका हुन् । त्यस क्षेत्रमा थप कडाई गरिएको छ ।पछिल्लो समयमा मात्रै दक्षिण कोरियामा झण्डै पाँच सय जना सङ्क्रमित भेटिएका छन् । पहिचान गर्ने र परिक्षण गर्ने क्रम पनि तिव्र पारिएको जनाइएको छ ।

दक्षिण कोरियामा सङ्क्रमण नफैलिने गरी उच्च सतर्कतासहित उच्च शिक्षाका लागि केही शैक्षिक संस्थाहरुमा भने अध्ययन अध्यापन कार्य गर्न थालिएको छ ।

तपाईको प्रतिक्रिया