Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – भक्तपुरकी ४२ वर्षीया महिला जनप्रतिनिधिलाई कोरोना संक्रमण लागेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्तालयले सार्वजनिक नयाँ संक्रमितको विवरण अनुसार भक्तपुर नगरपालिका वडा नं ९ की महिला जनप्रतिनिधिमा कोरोना देखिएको हो ।

भक्तपुरमा शुक्रबार एक जनामा कोरोनाभाइरस संक्रमित भेटिएसँगै जिल्लामा तेस्रो कोरोनाभाइरस संक्रमित भेटिएको पुष्टि भएको छ । उनी नगरपालिकाको सदस्य भएकाले नागरिकको सेवामा खटिएकी थिइन् । यही क्रममा उनलाई कोरोना लागेको अनुमान गरिएको छ ।

साथै उनी पछिल्लो समय राहत बाँड्न तथा अन्य काममा पनि बाहिर निस्किने गरेको खुलेको छ । आज बिहानबाट कन्ट्याक्ट ट्रेसिङ गर्ने र उहाँको सम्पर्कमा आएकाहरुलाई पीसीआर परीक्षण गर्ने लगायतका गरिने भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया