Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – रिस भनेको प्राकृतिक रूपले उत्पन्न हुने र हरेक व्यक्तिले समय समयमा अनुभूत गर्ने एक प्रकारको भावना हो। समय ,परिस्थिति र विचारअनुसार दैनिक रूपमा हाम्रो भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सन्चालन गरीरहेको हुन्छ। तिनै विभिन्न भावनात्मक अवस्थाहरू मध्ये रिस एक हो।

गौतम बुद्ध अनुसार  संसारमा तीनथरिका रिसाहा स्वभाव भएका मानिसहरु हुन्छन् । पहिलो थरिका मानिसहरु ढुंगामा लेखिएका अक्षर जस्ता हुन्छन्। तिनीहरु चाँडै रिसाउँछन् । अनि तिनीहरुको रिस धेरै लामो समयसम्म रहिरहन्छ ।

दोस्रो थरिका मानिसहरु चाहिँ बालुवामा लेखिएका अक्षर जस्ता हुन्छन्। यस्ता मानिसहरु पनि चाँडै रिसाउँछन् । तर यिनीहरुको रिस चाँडै हराउँछ ।

तेस्रो थरिका मानिसहरुको स्वभाव चाहिँ बगिरहेको पानीमा लेखिएका अक्षर जस्ता हुन्छन् । यिनीहरुले नचाहिँदा विचार र कुराकानीलाई वास्ता नै गर्दैनन् त्यसैले यिनीहरुलाई रिस पनि उठ्दैन । यस्ता मानिसहरु सधैं शुद्ध र केहीबाट पनि बाधा महसूस नगर्ने खालका हुन्छन् ।

सामान्यतया हाम्रो मानसिकतामा, सोचाइमा चोट पुगेको खण्डमा, अथवा दिक्दार लागेको, आलोचना हुने अथवा खतरा जन्य अवस्था अनुभूती गरेको क्षणमा रिस उठ्छ। यस्तो अवस्थामा रिस सृजना हुँदा यसई नराम्रो अथवा अब्यवहारिक भन्न मिल्दैन। रिसको अभिव्यक्ती हल्का झोंक चल्ने देखि लिएर उग्र हुनेसम्म हुन सक्छ।

प्राथमिक श्रेणीका कारणहरू मध्ये तल उल्लेखित अवस्थाहरुमा हामी प्राय रिसाउँछौं। तनाव थकान, भोक, आर्थिक समस्या, असफलताको अनुभुति, नैरास्यता, दु:ख, कष्ट, अन्याय इत्यादि।

दोस्रो श्रेणीका कारणहरू- अव्यवहारिक तवरले रिस उठ्ने कारणहरु- मानसिक रोगहरु जस्तै : Mania, Agitated, डिप्रेसन,  Anxiety, Psychosis, लागूपदार्थको प्रत्यक्ष असर इत्यादि।

तपाईको प्रतिक्रिया