Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका चार जना डिस्चार्ज भएका छन् । एक साताअघि भर्ना भएका काठमाडौंका २, भक्तपुरका २ जना संक्रमित उपचारपछि घर फर्केका हुन् ।

भक्तपुर दुवाकोटका पुरुष, ठिमीकी महिला, कन्चनपुरबाट आएकी महिलामा कोरोना देखिएको थियो । २४ घण्टाको फरकमा दुई पटक स्वाब परीक्षण गर्दा नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए । कोरोना निको हुनेको संख्या ४९ पुगेको छ ।

तपाईको प्रतिक्रिया