Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका-५ स्थित क्रिमसन अस्पतालमा उपचार गराईरहेका गुल्मीको मदाने गाउँपालिका-६ का ४१ वर्षिय शिक्षकको संक्रमणबाट मृत्यु भएको हो ।

अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेका उनको अवस्था बुधबारदेखि गम्भीर थियो । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।गत बैशाख २५ गते सामान्य ज्वरो र त्यसपछि खोकीबाट पीडित उनले स्थानीय मेडिकल, अर्घाखाँची हुँदै क्रिमसन अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । भर्ना भएदेखि उनको शरीरका धेरै अंगले काम गर्न छोडेको (मल्टी अर्गान डाइफङ्सन सिन्ड्रोम) थियो । जेठ १ गते आइसीयूमा भर्ना भएका उनलाई जेठ २ गतेबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।

अवस्था गम्भीर हुँदै गएपछि जेठ २ गते उनको स्वाब संकलन गरेर कोरोना परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । त्यहाँ गरिएको परीक्षणमा सोमबार उनलाई कोरोना संक्रमण देखिएको थियो ।

योसँगै नेपालमा कोभिड-१९ संक्रमण तीन जनाको मृत्यु भएको छ । यसअघि सिन्धुपाल्चोककी सुत्केरी र बाँकेको नरैनापुर गाउँपालिका-५ का २५ वर्षीय युवकको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ४४ पुगेको छ ।

तपाईको प्रतिक्रिया