Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौँ – नेपालमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा बाँके ६ जना पुरुष, धनकुटामा ५ जना, कपिलवस्तुमा १३ जना र नवलपरासी पश्चिममा एक जना कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा १८ पुरुष र ७ महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२७ पुगेको छ । जसमा पुरुषको संख्या ३५८ र महिला ६९ जना रहेका छन् ।

कुन प्रदेशमा कति संक्रमित ?
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ३८ जिल्लाका ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ३५८ जना पुरुष र ६९ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।

त्यसमध्ये प्रदेश १ मा ५९ जना, प्रदेश २ मा १३६, बाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा ४, प्रदेश ५ मा १९६, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४५ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक गरी २ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया