Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका प्रयोगशालामा गरिएको परीक्षणमा २४ पुरुष र तीन महिला गरी २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापामा ९, कपिलवस्तुमा ४, काठमाडौंमा ३, सर्लाहीमा २, मोरङ, सुनसरी, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सिन्धुली, लमजुङ र नवलपरासी समान एक-एक जना गरी थप २७ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

कोरोना संक्रमितको स्थायी ठेगाना र हाल उनीहरु रहेको ठेगाना अनुसार कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४०२ पुगेको छ । कुल संक्रमितमध्ये ३७ जना निको भएर डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया