Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका अनुसार उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । ‘त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएको थियो,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थानीय अस्पतालमा उपचार गर्दा अवस्था जटिल बन्दै गएपछि बिहीबार धुलिखेल ल्याइएपनि उनको मृत्यु पहिल्यै भएको थियो ।’

धुलिखेलमा थप उपचारका लागि आउँदै गर्दा बाटोमा मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस सम्बन्धमा थप विवरण लिइएको र परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको हो । कोरोना भाइरसबाट नेपालमा पहिलो पटक मृत्यु भएको हो ।यसैबीच नेपालमा थप २ जना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा धनुषाका २ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८१ पुगेको छ ।

तपाईको प्रतिक्रिया