Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – कपिलवस्तुमा थप तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो ।

उनीहरु शिवराज नगरपालिकाको चन्द्रौटाका २५, २४ र ४४ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमित तीनै जनाको स्वास्थ्य अवस्था समान्य रहेको र उनीहरुको चिकित्सकको सम्पर्कमै रहृेका छन् ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ । यसअघि आजै बिहान थप ६ जनामा संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया