Deneme Bonusu Veren Siteler
सोमबार, आश्विन २१, २०८१
Monday, October 7, 2024

काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा, उदयपुर, दाङ र काठमाडौं गरी थप ९ जनाका कोरोना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमा काठमाडौंको सतुंगलका ७ वर्षीय बालक, पर्साको वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिला, उदयपुर त्रियुगा निवासी २५ वर्षीय पुरुष छन् । यसैगरी दाङको गढवा ४ र ५ तथा तुलसीपुर ७ का २३, ३४ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र भेरी अस्पताल नेपालगञजमा गरिएको परिक्षणमा उनीहरुमा कोरोनाको संक्रमण देखिएको हो ।

दाङमा पहिलो पटक संक्रमित भेटिएका हुन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २६७ पुगेको छ ।

Image may contain: text

तपाईको प्रतिक्रिया