Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् ।

कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज सो स्थानबाट तातोपानी नाका हुँदै नेपाल भित्रिने तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । शनिबारसम्म काठमाडौँ पठाइने तयारी भएको उनले बताए । सेनाले सो प्रक्रियामार्फत ६७ थरिका स्वास्थ्य सामग्री खरिद गरेको थियो ।

केही सामान विमानमार्फत ल्याइने जनाइएको छ । यसअघि चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ५ मिलियन चिनिया युआन बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जनमुक्ति सेनाले नेपाली सेनालाई कोभिड १९ संग जुझ्न उपलब्ध गराएका स्वास्थ्य सामग्रीसहित चिनियां वायु सेनाको विमान बुधवार बिहान काठमाडौं अवतरण गरेको थियो ।

तपाईको प्रतिक्रिया