Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनाका कोरोना संक्रमण देखिएको पुष्टि भएको हो ।

नयाँ संक्रमितमा काठमाडौंका दहचोक निवासी ७ वर्षीय बालक, जनकपुरकी १७ वर्षीया युवती र धादिङकी ३० वर्षीया महिला छन् ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४९ पुगेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा छन् भने सबैको अवस्था सामान्य रहेको छ ।Image may contain: text

तपाईको प्रतिक्रिया