Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – त्रिवि शिक्षण अस्पताल, महारजगञ्जका चिकित्सक तथा नर्ससहित ३८ जनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना संक्रमित बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्सलगायत ३८ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

अस्पतालको न्यूरो वार्डमा उपचाररत ६ वर्षीया बालिकामा आज कोरोना संक्रमण भएको पुष्टि भएको छ । उनलाई केही दिनअघि कपिलवस्तुबाट उपचारका लागि शिक्षण अस्पताल ल्याइएको थियो ।

बालिकाको उपचारमा संलग्न चिकित्सक, नर्स तथा काठमाडौं ल्याउने आफन्तको थ्रोट स्वाब संकलन गर्ने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया