Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं –  चितवनकी ६३ वर्षीया महिला कोरोना उपचारपछि आज डिस्चार्ज भएकी छिन् ।

कोरोना भाइरसको संक्रमणपछि भरतपुर अस्पतालमा उपचाररत उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए ।

अस्पतालमा राप्ती नगरपालिका-८ की ती महिलाका २७ वर्षीय छोरा समेत कोरोना संक्रमणपछि उपचाररत थिए । छोरा केही समय अघि नै उपचारपछि निको भएका थिए । दुवैका अवस्था सामान्य रहेको र अझै दुई साता घरमै क्वारेन्टिनमा बस्नुपर्ने बताइको छ ।

उनीहरु दुवै आमा छोरालाई राप्ती नगरपालिकालाई जिम्मा लगाइएको हो । दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए । वैशाख ४ गते भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो ।

नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ३५ पुगेको छ । हालसम्म नेपालमा २१७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया