Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

काठमाडौँ – वि.सं १९७७ वैशाख ३० गते ललितपुरको इखुम्बहालमा पिता शंकरदास र माता राजकुमारीका ज्येष्ठ सुपुत्रका रुपमा जन्मिएका जोशी तीन पटकसम्म मदन पुरस्कार पाउने एक मात्र संस्कृतिविद् हुन् ।

जोशीले वि.सं २०१३ मा पहिलोपटक ‘हाम्रो लोकसंस्कृति’ कृतिका लागि मदन पुरस्कार पाएका थिए । ‘नेपाली राष्ट्रिय मुद्रा’ का लागि विसं २०१७ तथा ‘कर्णाली लोकसंस्कृति’ नामक ग्रन्थका लागि २०२८ सालमा संयुक्त रुपमा जोशीलाई मदन पुरस्कार दिइएको थियो ।

वि. सं २०१५ मा जोशी पुरातत्व तथा संस्कृति विभागको पहिलो निर्देशक बने।

जोशीले २०१६ सालमा पाँचौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका मुद्राका विस्तृत विवरणसहितको ‘नेपाली मुद्रा’ नामक पुस्तक प्रकाशन गरे ।

भाषा, कला, संस्कृतिको संरक्षण, संबद्र्धन र विकासमा उनको महत्वपूर्ण योगदान छ । जोशीको योगदानको कदर गर्दै सुप्रवल गोरखा दक्षिणबाहु, विख्यात त्रिशक्तिपट्ट, आदिकवि भानुभक्तलगायत पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

काठमाडौँ विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधिको सम्मानसमेत प्रदान गरेको छ ।

गतवर्ष एक सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरले जोशीको सम्मानमा नागरिक अभिनन्दन कार्यक्रम समेत गरेको थियो। तर कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीका कारण लकडाउन भएकाले यसपाला भने कुनै पनि औपचारिक कार्यक्रम राखिएका छैनन्। तर यसपटक लकडाउनका कारण धेरैले सामाजिक सञ्जालमार्फत् उनलाई शुभकामना र शुभेच्छा व्यक्त गरेका छन् ।

जोशीको योगदानको कदर गर्दै यसै वर्ष ललितपुर महानगरपालिकाले उहाँलाई चालकसहितको सवारी साधनको सुविधासमेत उपलब्ध गराएको छ ।

जोशीले भाषा साहित्य र संस्कृति संरक्षणमा योगदान पुर्‍याएका कारण नेपाली साहित्यमा उनको कद निकै उँचो छ ।

यसैबीच अमेरिकी राजदूत र्‍याण्डी बेरीले ट्वीटमार्फत् शताब्दी पुरुष संस्कृतिविद्जो शीलाई जन्मदिनको शुभकामना दिएका छन्।

राजदूत बेरीले जोशीलाई महान नेपाली लेखक र जीवित साँस्कृतिक आइकनको उपमा दिँदै सुस्वास्थ्यको कामना गरेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया