Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – चीनले नेपाललाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई पीसीआर परीक्षण किटसहितका अत्यावश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

राजदूत होउले ४० हजार थान पीसीआर टेष्ट किट, डिस्पोजेबल कभरल १० हजार थान, १० हजार थान मेडिकल ग्लोब, एन ९५ मास्क २० हजार थान र सर्जिकल मास्क ८ लाख थान स्वास्थ्यमन्त्री ढकाललाई हस्तान्तरण गरेकी थिइन् ।

कार्यक्रममा स्वास्थ्यमन्त्री ढकालले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि चीनले गरेको सहयोग प्रसंशनीय रहेको बताए । उनले भने,‘कोरोनाको उपचारका लागि चीनले नेपाललाई अभाव भएका स्वास्थ्य सामग्री उपलब्ध गराएर असल छिमेकीको भूमिका निर्वाह गरेको छ । हामी चिनियाँ सहयोगको प्रशंसा गर्दछौं ।’

तपाईको प्रतिक्रिया