Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा नयाँ संक्रमण र मृत्यु हुनेको संख्या घटेको देखिएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा अमेरिकामा ७ सय २० जनाको मृत्यु भएको छ । यो डेढ महिनायताकै न्यून मृत्यु हो ।

आइतबार अमेरिकामा एक दिनमा कोरोनाबाट ७ सय २० को मृत्यु भएको छ, जबकि शनिबार एकैदिन १ हजार ४२२ र शुक्रबार १ हजार ६८७ को मृत्यु भएको थियो । यसअघि गत मार्च ३० मा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ८१५ रहेको थियो । अमेरिकामा कोरोना संक्रमणका नयाँ केसहरुमा पनि शनिबारको तुलनामा आइतबार कमी आएको छ ।

अमेरिकामा अहिलेसम्म ८० हजार ७ सय ५६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ४४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १३ लाख ६६ हजार ७५३ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ५५ हजार ६५४ जना उपचारपछि निको भएका छन् ।

कोरोना संक्रमणबाट विश्वभर २ लाख ८४ हजार बढीको मृत्यु भएको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४१ लाख ९४ हजारभन्दा धेरै छ भने संक्रमितमध्‍ये हालसम्म १४ लाख ९९ हजार ६ सय निको भएका छन् ।

तपाईको प्रतिक्रिया