काठमाडौँ – राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह ।
पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरू अपडेट गरिरहन्छिन् ।
१९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरूले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।
पूर्णिका साहित्यतर्फ निकै रुची राख्छिन् । समय समयमा उनले पोष्ट गर्ने गरेका साहित्यिक सामाग्रीले उनको साहित्य प्रतिको रुची सजिलै आँकलन गर्न सकिन्छ ।
साहित्यिक रचना, विचार र दर्शन जस्ता कुरा लेख्न मन पराउँने पूर्णिकाले केही दिनअघि लघुकथा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेकी थिइन् । जसको निकै चर्चा भएको थियो ।
पारसका छोरीहरु किर्तिका र पूर्णिका परोपकारमा उत्तिकै सक्रिय छन् । हाँस्ने, खेल्ने र रमाइलो गर्ने उमेरमा छोरीहरु परोपकारमा लागेको तस्बिरहरु सार्वजनिक गरिरहेका हुन्छन ।