बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

काठमाडौं -विश्व प्रसिद्ध गायन प्रतिभाको खोज रियालिटी शो अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल उत्कृष्ठ ७ मा पुगेका छन् ।

उत्कृष्ट ११ प्रतिस्पर्धीबीचमा मतका आधारमा हिजो, २८ वैशाखमा सर्वाधिक मत ल्याउने उत्कृष्ट सातको छनोट गरिएको हो।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा ‘आर्थन गन’ को नामले प्रतिस्पर्धा गर्दै आएका छन्।

दिवेशको अमेरिकन आइडलमा सहभागितासँगै नेपाली समुदायमा पनि अमेरिकन आइडलप्रति चासो बढेको छ । अमेरिकाको एबीसी टेलिभिजनबाट अमेरिकन आइडल कार्यक्रम प्रसारण हुँदै आएको छ ।  प्रशारणको केही समयमै अमेरिकन आइडलको युट्युब च्यानलमा पनि प्रस्तुती हेर्न सकिन्छ ।

अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा लुक ब्रायन, केटी पेरी र लिओनेल रिची छन् । निर्णायकले उनलाई भविश्यको तारा भन्दै आएका छन् ।

काठमाडौंमा हुर्किएका दिवेश उच्च शिक्षाका लागि अमेरिकामा आमा बुबासँगै बस्दैं आएका छन्।

तपाईको प्रतिक्रिया