काठमाडौँ – एक टिममा ११ जनाको सहभागिता रहने फुटबल खेलमा अब पाँच खेलाडी परिवर्तन (सब्स्टिच्युसन) गर्न पाइने भएको छ।
अन्तर्राष्ट्रिय फुटबल बोर्ड (आईएफबी)ले खेलमा नयाँ नियमको मन्जुरी दिएपछि पाँच खेलाडी परिवर्तन गर्न पाइने भएको हो।
आईइफबी फुटबल सम्बन्धि नियम बनाउने विश्व फुटबलको सर्वोच्च निकाय फिफा अन्तर्गतको संस्था हो।
तर यो नियम महामारीको समयमा प्रयोग गर्न अस्थायी रुपमा ल्याइएको फिफाले बताएको छ। फिफाले आउँदो डिसेम्बर ३१ सम्मको लागि यो नियम लागू गरेको हो। यद्यपि अर्को वर्ष पनि यो नियम लम्ब्यान सकिने बताइएको छ। लम्ब्याउनु परे फिफाले निणर्य गर्ने छ।
अहिलेसम्म तीन खेलाडी मात्र परिवर्तन गरिँदै आएको फुटबलमा अब त्यो संख्यालाई बढाएर पाँच बनाइएको हो। तर पविर्तन गर्दा दुई पटकमा दुई खेलाडी परिवर्तन गर्नुपर्ने छ।
त्यस्तै हाफ टाइम (आधा समय) मा पनि खेलाडी परिवर्तन गर्न पाइने भएको छ। खेलको अतिरिक्त समय घटाउन यस्तो व्यवस्था ल्याइएको फिफाले बताएको छ।
निर्णयको लागि रेफ्रीले प्रयोग गर्ने भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर)लाई पनि अस्थायी रुपमा रोक लागइएको छ।
महामारीको दौरान खेलाडीलाई दबाब कम गर्नका लागि भीएआरमा रोक लागाइएको फिफाले बताएको छ।