शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आफ्ना नागरिक घर जान हतारिएको बताएकी छिन् । अन्तर्राष्ट्रिय उडान लामो समय स्थगन हुँदा नागरिक घर जान हतारिएको भन्दै उनले संयम हुन आग्रह गरिन् ।

एक विज्ञप्ति जारी गर्दै राजदूत होउ यान्छीले शुक्रबार सिंहदरबार अगाडि आफ्ना नागरिकको प्रदर्शनबारे नेपाल प्रहरीसँग सम्पर्कमा रहेर छलफल भइरहेको जनाएको छ । प्रहरीमाथि जाइलाग्ने चार जनाविरुद्ध मुद्दा चलाउने तयारी गरेपछि दूतावासले घटनाप्रति जानकार रहेको जनाएको हो ।

‘चिनियाँले नेपालको कानुन पालना गर्नुपर्ने पक्षमा चीन वकालत गर्नेछ,’ विज्ञप्तिमा भनिएको उचित मागबारे भने नेपाल सरकारले ध्यान दिने भन्ने विश्वास लिएको छु ।’ नेपालमा रहेका चिनियाँको संख्या ठूलो रहेकाले चार्टर्ड उडानमा जान नपाएकाहरू जाने प्रयत्नमा रहेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया