शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकार पूर्णरुपमा असफल बनेको बताएका छन् । शुक्रबार सुरु भएको संसदको वर्षे अधिवेशनमा बोल्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्न नसकेको बताएका हुन् ।

देउवाले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत कोरोनाविरुद्ध फ्रन्टलाइनमा काम गर्नेहरुका लागि आवश्यक सुरक्षा सामाग्री प्रबन्ध गर्न नसकेको बताए । उनले स्वास्थ्य सामाग्री अपुग भएको समचार आइरहेको बताउँदै टेस्टिङ किटको गुणस्तरमासमेत प्रश्न उठेको बताए ।

अहिलेसम्म स्वास्थ्य सामाग्री अभाव हुनु र खरिद प्रक्रियामा प्रश्न उठ्नु दुस्खद र लज्जास्पद भएको उनको भनाइ छ । विदेशमा रहेका नेपालीहरुको सुरक्षा र उनीहरुलाई ल्याउने सन्दर्भमा सरकारको स्पष्ट खाका नरहेको देउवाले बताए ।

तपाईको प्रतिक्रिया