बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – भारतको आन्द्र प्रदेशस्थित रसायनिक प्लान्टमा ग्यास लिक हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच हजारभन्दा बढी बिरामी परेका छन् ।

आज बिहान आन्द्र प्रदेशको बिशाखापट्टनमस्थित रसायनिक प्लान्टबाट ग्यास लिक भएको जनाएको छ । ग्यास लिक हुँदा आठ वर्षीय बालिकासहित १० जनको मृत्यु भएको छ । टाइम्स अफ इन्डियाका अनुसार, पाँच हजार भन्दा बढी बिरामी भएका छन् । प्लान्ट वरिपरिका कर्यौ सर्वसाधारण बेहोस भएर सकडमै पल्टिएका छन् ।

उनीहरुलाई सुरक्षाकर्मीले अस्पताल लगिरहेका छन् । उद्धार जारी रहेको भारतीय प्रहरीले जनाएको छ । आज बिहान ३ बजे विशाखापट्टनमको एलजी पोलिमर्स इन्डस्ट्रिजबाट ग्यास लिक भएको हो । प्लान्टको तीन किलोमिटर वरिपरिको क्षेत्रमा असर परेको जनाएको छ । त्यस क्षेत्रका वासिन्दा बेहोस भइरहेका छन् । हिड्दा हिड्दै पनि बेहोस भइरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया