Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड– १९) को संक्रमण कायमै रहे अर्को वर्ष पनि टोकियो ओलम्पिक आयोजना गर्न कठिन हुने बताएका छन्।

ओलम्पिक आयोजनाको लागि भयमुक्त वातावरण हुनुपर्ने भएकाले कोरोनाको त्रास छिट्टै हट्ने सम्भावना कम रहेको पनि आबेले बताए। ‘ओलम्पिक र पारा ओलम्पिक खेल आयोजनाका लागि पूर्ण रूपमा स्वच्छ वातावरण हुनुपर्छ। खेलाडी र समर्थकको स्वास्थ्यलाई ख्यालमा राख्नु पहिलो सर्त हो। यदि अर्को वर्ष पनि कोरोना भाइरसको त्रास अन्त्य भएन भने ओलम्पिक आयोजना गर्न गाह्रो छ,’ आबेले भनेका छन्। प्रधानमन्त्री आबे स्वयंले सरेको समयमा ओलम्पिक आयोजना कठिन भएको बताएपछि टोकियो ओलम्पिक फेरि अन्योलमा परेको छ।

हालै मात्र ओलम्पिक आयोजक समितिका अध्यक्ष योसिरो मोरीले पनि सन् २०२० को अन्त्यसम्म कोरोना भाइरस नियन्त्रणमा नआए ओलम्पिक रद्द हुने बताएका थिए। मोरीको भनाइ आएको दुई दिनपछि मात्र जापानी प्रधानमन्त्री आबेले ओलम्पिक आयोजनाको विषयमा पुनः आशंका व्यक्त गरेका हुन्। यसअघि टोकियो ओलम्पिकको नियमित मिति यसै वर्षको जुलाई २४ देखि अगस्ट ९ सम्म तारिखसम्म तय भएको थियो। कोरोनाका कारण ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म सारिएको थियो।

एक साताअघि पनि विश्व स्वास्थ्य अधिकारीले कोरोना भाइरसको भ्याक्सिन पत्ता लागेन भने सारिएको समयमा पनि ओलम्पिक नहुने बताएका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) र जापानी पदाधिकारीसँगको छलफलमा ग्लोबल हेल्थका प्रमुख एवं युनिभर्सिटी अफ इडनेवर्गकी प्राध्यापक देवी श्रीधरले कोरोनाको भ्याक्सिनसँग ओलम्पिकको भविष्य जोडिएको धारणा राखेकी थिइन्।

महामारीको रूपमा फैलिएको कोरोनाविरुद्धको भ्याक्सिन पत्ता लगाउन अहिले विश्वभरका वैज्ञानिकहरू लागिपरेका छन्। दीर्घकालीन भ्याक्सिन पत्ता लागेर चाँडै प्रयोगमा आए मात्र ओलम्पिक जस्तो खेल महाकुम्भ आयोजना गर्न सकिने उनीहरूको ठहर छ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया