काठमाडौं – अमेरिकामा कोरोना (कोभिड-१९) भाइरस संक्रमणबाट नेपालका एक पूर्व फुटबल खेलाडीको मृत्यु भएको छ । ललितपुरको ‘ए’ डिभिजन फ्रेण्ड्स क्लबबाट ‘ए’ डिभिजन लिग खेलेका महेश पन्थीको कोरोना संक्रमणका कारण ज्यान गएको हो ।
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314
फ्रेण्ड्स क्लबलले आफ्नो पेजबाट पन्थीको मृत्यु भएको जानकारी गराएको छ । फ्रेण्ड्स क्लबले ग्रेट स्पोर्ट्स पर्सन गुमाएको भन्दै दुःख व्यक्त गरेको छ । यस्तै फ्रेण्ड्स क्लबका अध्यक्ष राजीव पौडेलले पनि महेशको निधनमा दुःख व्यक्त गरेका छन् ।
नेपालमा ललितपुर कुपण्डोल घर भएका पन्थी एक दशकदेखि अमेरिकाको भर्जिनिया राज्यको सेन्टरभिलमा बस्दै आएका थिए । उनको परिवारमा आमा, श्रीमती, एक छोरा र एक छोरी छन् । कोरोनाका कारण नेपालमा अहिलेसम्म कसैको मृत्यु नभए पनि विदेशमा भने करिब ५० जना नेपालीको ज्यान गइसकेको छ ।
प्रकाशित मिति: बुधबार, बैशाख १७, २०७७
प्रकाशित समय: १८:५१:११