Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट पाकिस्तानी क्रिकेटेर जाफर सर्फराजको निधन भएको छ । कोरोनाको संक्रमण देखिएपछि पेशावरस्थित एक अस्पतालमा तीन दिनदेखि आईसियूमा उपचार गराइरहेका जाफरको आजै निधन भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

५० वर्षीय जाफरले लागि सन् १९८८ देखि सन् १९९४ सम्म पाकिस्तानी राष्ट्रिय टिमबाट खेलेका थिए । व्याटिङक अलराउन्डर जाफरले यसबीचमा राष्ट्रिय टिमबाट थोरै मात्र अवसर पाएका थिए । उनले ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्दै ९६ रन बनाएका थिए ।

यस्तै, जाफरले पेशावरबाट १५ फस्ट क्लास क्रिकेट खेल्दै ६१६ रन बनाएका छन् । क्रिकेट खेल्न छाडेपछि जाफर प्रशिक्षक बनेका थिए । उनले पेशावरको सिनियर टिम र यू–१९ टिमलाई प्रशिक्षण दिएका थिए । जाफर पाकिस्तानी पूर्व राष्ट्रिय खेलाडी अख्तर सर्फराजका भाइ हुन् ।

आन्द्राको क्यान्सरका कारण अख्तरको १० महिनाअघि निधन भएको थियो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाकै कारण पाकिस्तानमा ९३ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ५सयभन्दा बढी संक्रमित छन् ।

तपाईको प्रतिक्रिया