Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

टोकियो – टोकियो ओलम्पिक -२०२० एक वर्ष पछाडी धकेलिने भएको छ ।

कोरोना भाइरस महामारीका कारण अन्यौलमा पर्दै आएको ओलम्पिक अब यो वर्ष नहुने भएको छ ।

जापानी प्रधानमन्त्री शिन्जो आबे र अन्तरराष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष थोमस ब्याचबीच मंगलबार ओलम्पिक अर्को वर्ष गर्ने बारे सहमति जुटेको हो । सहमति पछि पत्रकारहरुसंग कुरा गर्दै प्रधानमन्त्री आबेले यो वर्षको जुलाई २४ बाट टोकियोमा हुने भनिएको ओलम्पिक तथा प्यारा ओलम्पिक कोरोना महामारीका कारण एक वर्ष पछि सारिएको र जसअनुसार अर्को वर्षको गृष्ममा गरिने सहमति भएको जानकारी दिए ।

चार वर्षको एकचोटी हुने यो अन्तर्राष्ट्रिय खेलकुद महामेलाको १ सय २४ वर्ष लामो इतिहासमा ओलम्पिक खेल निर्धारित मितिबाट पछाडि धकेलिएको यो पहिलो चोटी हो ।
प्रधानमन्त्री आबे र अध्यक्ष ब्याचबीच भिडियो कन्फेरेन्समार्फत ओलम्पिक पछाडी सार्ने टुंगोमा पुगेका हुन् ।

भिडियो कन्फेरेन्समा टोकियो ओलम्पिक – २०२० आयोजक कमिटीका अध्यक्ष योशिरो मोरी, टोकियो गभर्नर युरिको कोइके, जापान ओलम्पिक मन्त्री सेइको हाशिमोतो लगायतको सहभागिता रहेको थियो । सो अवसरमा टोकियो गभर्नर कोइकेले ओलम्पिकको नाम अझै पनि टोकियो ओलम्पिक – २०२० नै रहने बताईन् ।

कोरोना महामारीको कारण देखाउँदै क्यानेडियन ओलम्पिक कमिटीले साबिकै बमोजिमको तिथिमितिमा ओलम्पिक भएमा क्यानडाले भाग नलिने यसअघि नै घोषणा गरिसकेको थियो ।

कोरोना महामारीका कारण विश्वभरिबाट हालसम्म ३ लाख ८० हजारभन्दा बढि संक्रमित भईसकेका छन् भने १६ हजार जनाको ज्यान गईसकेको छ ।***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया