बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

एजेन्सी – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा हालसम्म दुई जनाको मृत्यु भएको छ ।

सान्तान्देर तोत्ता बैंकका सञ्चालक समिति अध्यक्ष ७४ वर्षीय आन्तोनिउ भियरा मुन्तेइरुको बुधबार मृत्यु भएसँगै पोर्चुगलमा ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।

कोरोनाका कारण उनको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनी २०१९ मा सान्तान्देर तोत्ता ग्रुपका अध्यक्ष बनेका थिए ।पोर्चुगलमा पछिल्लो तथ्यांक अनुसार ६ सय ४२ जना संक्रमित मध्य ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यसअघि सोमबार ८० वर्षीय मारिओ भेरिस्सिमुको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।

यसैबीच पोर्चुगलमा एक जना नेपालीलाई पनि कोरोना संक्रमणको यसअघि नै पुष्टि भएको थियो भने भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।

तपाईको प्रतिक्रिया