बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – सरकारले चैत मसान्तसम्म बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय तथा विश्वविद्यालयका पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले सो निर्णय गरेको हो ।

निर्णयअनुसार अब विश्‍वविद्यालयसहित बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयहरु र ११ वटै विश्‍वविद्यालयहरुको पठनपाठन बन्द चैत मसान्तसम्म बन्द हुने भएको छ । त्रिवि लगायतका ११ वटै विश्‍वविद्यालय परीक्षाका कार्यक्रम भने यथावत रहने छ ।

बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) केन्द्रमा स्‍वास्थ्य जाँचसहितकोहेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ । बिहीबार शिक्षा मन्त्रालयमा विश्वविद्यालयका पदाधिकारीहरुसहितको बैठक बस्दै छ । उक्त बैठकले आगामी परीक्षाहरुका बारेमा निर्णय गर्ने छ ।

तपाईको प्रतिक्रिया