बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौँ – भोजपुर  जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्मकैदको फैसला गरेको छ ।

अदालतले टेम्केमैयुङ गाउँपालिका वडा नम्बर–२ छिनामखुका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिमबहादुर कार्कीलाई अदालतले जन्म कैदको फैसला सुनाएको हो।

उनीहरुले गत साउन ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर–१ फेदी घर भएकी ४८ वर्षीय भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ।

अभियुक्तहरुलाई प्रहरीले हत्या गरेको ८ दिनपछि गत श्रावण १६ गते पक्राउ गरेको थियो।
तपाईको प्रतिक्रिया