Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौँ – कोराना भाईरसका कारण विश्व खेलकुदका अधिकांश गतिविधि स्थगित भईरहँदा जापानले भने निर्धारित समयमै ओलम्पिक गेम्स आयोजना गर्ने जनाएको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले टोकियो ओलम्पिक निर्धारित समयमै योजनाबद्ध तरिकाले सम्पन्न गर्ने बताएका छन् ।

टोकियो ओलम्पिक आगामी जुलाई २४ देखि अगस्ट ९ तारिखसम्म हुनेछ । कोरोनाको सन्त्रासको कारण ओलम्पिक गेम्स सार्ने वा नसार्ने भन्ने विषयमा अन्तराष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) अहिले छलफलमा ब्यस्त छ । यही समयमा जापानी प्रधानमन्त्रीले पूर्व योजना अनुसारनै सयममै ओलम्पिक आयोजना गरेर छाड्ने प्रतिबद्धता जनाएका हुन् ।

‘जापानले कोरोना संक्रमणको असरलाई टाढा राख्नेछ । हामी बिना समस्या ओलम्पिकको सफल आयोजना गर्नेछौ,’ आबेले भने । उनले आईओसीले ओलम्पिक आयोजनाको अन्तिम निर्णय गर्ने पनि बताए । टोकियो ओलम्पिकमा विभिन्न ३३ खेलमा विश्वका दुई सय ६ देशले भाग लिनेछन् । जसमा ११ हजार ९१ खेलाडीको सहभागिता रहनेछ ।

जापानले ओलम्पिक टर्च रिले मार्च २६ तारिखबाट सुरु गर्दैछ । तर जापानले हालै ओलम्पिक टर्च समारोह सर्मथक विनै आयोजना गरेको थियो । जापानमा अहिले १४ सय बढी मानिसमा कोरोनाको संक्रमण देखिएको छ । जसमा २८ जनाको मृत्यु समेत भइसकेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया