बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – सविकको विजेता लिभरपुल युईएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ । बुधबार राति घरेलु मैदानमा भएको प्री- क्वाटरफाइनलको दोश्रो लेगमा स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग ३-२ को पराजय भोग्दै प्रतियोगिताबाट बहिरिएको हो ।

शीर्ष १६ को पहिलो लेगमा १-० गोलले पछि परेको लिभरपुल दोस्रो लेगमा ३-२ ले पराजित हुँदा समग्रमा ४-२ को हाल ब्यहोरेको हो । लिभरपुललाई पराजित गर्न एथ्लेटिकोका मार्कोस लोरेन्टोले दुई तथा अल्भारो मोराटाले एक गोल गरे । लिभरपुलका लागि जर्जिनियो विजनलडम र रोबर्टो फिर्मिनोले एक एक गोल गरे ।

खेलको ४३ औं मिनेटमा विजनलडमले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा कुनै गोल नहुँदा दुबै टोलिको गोल समग्रमा १-१ हुन पुग्यो । त्यसपछि थप गरिएको ३० मिनेटमा चार गोल भए ।

९४ औं मिनेटमा फिर्मिनोले गोल गर्दै समग्रमा २-१ को अग्रता दिलाए । तर लिभरपुलले त्यो अग्रता जोगाउन सकेन । ९७ औं मिनेट र थप गरिएको पहिलो हाफको इन्जुरी समयमा लोरेन्टो तथा दोश्रो हाफको इन्जुरी समयमा मोरटाले गोल गर्दै एथ्लेटिकोलाई समग्रमा ४-२ को जित दिलाएका हुन् ।

तपाईको प्रतिक्रिया