बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

काठमाडौं – राप्रपा र राप्रपा संयुक्तको एकता सभामा कमल थापाले आफूले कहिल्यै पार्टी नफुटाउने कसम खाएका छन् । उनले हातमा गीता लिएर पार्टी नफुटाउने बाचा गरेका हुन् ।

‘म आज तपाईंहरुलाई राष्ट्रियसभागृहमा उपस्थित सम्पूर्ण कार्यकर्ता, देश र विदेशबाट हेरिरहनुभएका साथीहरुलाई साझी राखेर प्रतिज्ञा गर्दछु, म कहिल्यै पनि पार्टी फुटाउने छैन’ , थापाले भने । उनले वाचा गर्दै गर्दा दर्शकदिर्घाबाट अविश्वास प्रकट भएको थियो । त्यसलाई ध्यान दिँदै थापाले गीताको पुस्तिका लिएर बाचा गरेका थिए ।

‘तपाईंहरुलाई विश्वास लागेन?’, कार्यकर्ताको हुटिङलाई ख्याल गर्दै थापाले भने, ‘मैले गीता ल्याएको छु । यो गीता हातमा राखेर हामी हिन्दू राष्ट्र चाहने, सनातन धर्मका पक्षपातीहरु यो गीता हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापी फुट्न दिने छैन ।’ त्यसपछि कार्यकर्ताले ताली बजाएका थिए ।

बाचा गर्दै उनले अन्य अध्यक्षलाई पनि बाचा गर्न सहज होस् भनेर पुस्तिका ‘ड्यास’मै छाडेका थिए । ‘यो गीता उहाँहरुलाई पनि चाहिन्छ कि म यहीँ छाडेर जान्छु’, उनले भने । त्यसअघि उनले पटकपटक राप्रपा कहिल्यै पनि नफुट्ने बताएका थिए । उनले राप्रपा फुट्ने अनावश्यक सोच नराख्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया