Deneme Bonusu Veren Siteler
शनिबार, साउन १२, २०८१
Saturday, July 27, 2024

काठमाडौं – चालु आर्थिक वर्षको पहिलो ८ महिनामा ४ हजारभन्दा बढी बालबालिका हराएका छन्। यसरी हराउने बालबालिकामा मधेश प्रदेशबाट सबैभन्दा धेरै रहेको बालबालिका खोजतलास समन्वय केन्द्रले जनाएको छ ।

केन्द्रका बाल संरक्षण अधिकृत सन्तोषचन्द्र अधिकारीकाअनुसार सबैभन्दा बढी १० देखि १३ वर्षका बालक र १३ देखि १८ वर्षका बालिका हराउने गरेका छन् । चालु आव २०८०/८१ को फागुन मसान्तसम्म कुल ४ हजार १ सय ४१ जना बालबालिका हराएको उनले बताए । तिमध्ये तीन हजार ५ सय ३५ जना फेला परेका छन् भने ६ सय ७ जना बालबालिकाको खोजतलास जारी रहेको समन्वय केन्द्रले जनाएको छ।

परिवारका श्रीमान् वा श्रीमतीले दोस्रो विवाह गर्दासमेत घरमा बस्ने वातावरण नहुँदा बालबालिकाले घर छाड्ने गरेको पाइएको छ । ‘मधेश प्रदेश सबैभन्दा बढी जनसंख्या भएको प्रदेश हो। त्यसैमा खुला सिमाना भएकाले धेरैजसो बालबालिका भारत छिर्ने र उतै हराउने गर्छन्,’ बाल संरक्षण अधिकृत अधिकारीले भने, ‘बालबालिका घर छाड्नुको मुख्य कारण पारिवारिक विखण्डन नै हो। परिवारमा बाबुआमा जाँडरक्सी खाने, झैझगडा गर्दा बालबालिकाले घर छाड्छन् ।’ ***

तपाईको प्रतिक्रिया