बुधबार, जेठ ०२, २०८१
Wednesday, May 15, 2024

टोकियो – योमरी ग्रुप अफ कम्पनीले जापानमा विनासकारी भूकम्प गएको दिनको सम्झनामा मास्क वितरण गर्दैछ । ई.सं. २०११ मार्च ११ का दिन जापानमा गएको विनासकारी भूकम्पको सम्झनामा शिबुया मण्डला रेस्टुरेन्टको अगाडि नि:शुल्क मास्क वितरण गर्न लागिएको हो ।

कोरोना भाइरसका कारण जापानमा मास्कको अभाव भएका बेला नेपाली रेस्टुरेन्ट मण्डला शिबुयाको अगाडि नि:शुल्क मास्क वितरण गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सुनिल कुमार शाक्यले जानकारी दिए । उनका अनुसार कम्पनीले दिउँसो ४ बजेदेखि नि:शुल्क मास्क वितरण गर्नेछ ।जापानमा हाल मास्कको अभाव भएको र जापान हाम्रो कर्म भुमी भएकोले जापानप्रति कृतज्ञता जनाउन मास्क वितरण कार्यक्रम गरिएको निर्देशक शाक्यले बताए । नेपालीहरु दुखमा साथ दिन्छन् भन्ने सन्देश छर्नको लागि पनि आफूहरुले यस्तो कार्यक्रमको आयोजना गरेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया