सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौँ – युरोपेली मुलुकमध्ये इटली चीनबाट फैलिन सुरु भएको यो भाइरसको सबैभन्दा बढी प्रभाव परेको राष्ट्र हो।

इटलीमा फेला परेका कोरोनाभाइरसका नयाँ घटनाबारे विभिन्न युरोपेली राष्ट्रहरूले घोषणा गरेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार चीनबाहिर पहिलो पटक कोरोनाभाइरस तीव्र गतिमा फैलिरहेको छ।

मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३२० रहेको इटलीमा त्यो सङ्ख्या बढेर चार सय पुगेको बुधवार अधिकारीहरूले बताएका छन्।

इटलीको उत्तरी भेगमा पर्ने मिलान नजिकै रहेको लोम्बार्डी र भेनिसनजिक रहेको भेनेटोमा उक्त भाइरसको प्रभाव बढी छ।

कोरोनाभाइरसको प्रकोपले इटलीमा हालसम्म १२ जनाको ज्यान लिएको छ।

 

तपाईको प्रतिक्रिया