सोमबार, बैशाख १७, २०८१
Monday, April 29, 2024

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्‍वर-जडीबुटीमा सवारी साधन चलाउने लेन सम्बन्धी नियम परिवर्तन गरेको छ । सवारी चापको व्यवस्थापनका लागि महाशाखाले नियम परिवर्तन गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार बुधबारबाट विस्तारै हिँड्ने टिपर,ट्रक, बसलगायत ठूला मोटरलाई बायाँ लेनमा चलाउनुपर्ने छ । छिटो गुड्ने मोटरसाइकल, कारलगायत सवारी भने दायाँ लेनमा गुडाउनु पर्ने छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्चार्ज प्रमुख सुदर्शन थापाले यो नियम लागू गरेपछि कोटेश्‍वरको सवारी जामको समस्या थोरै भए पनि कम हुने आशा गरिएको बताए । ‘कोटेश्‍वर-जडीबुटी सडकमा धेरै समयसम्म सवारी जाम हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्’ उनले भने, ‘जामलाई कम गर्नका लागि यो नियम ल्याइएको हो ।’

तपाईको प्रतिक्रिया