शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ – यो वर्षको उत्कृष्ट ओस्कार अवार्ड दक्षिण कोरियाली चलचित्र ‘पारासाइट’ले जितेर नयाँ कीर्तिमान बनाएको छ ।

पारासाइट उक्त पुरस्कार जित्ने अङ्ग्रेजीबाहेक अन्य भाषामा बनेको पहिलो चलचित्र हो । योसँगै उत्कृष्ट निर्देशक, ओर्जिनल स्क्रिनप्ले र विदेशी भाषातर्फको ओस्कार पनि पारासाइटले हात पारेको छ ।

‘जोकर’ चलचित्रका लागि ओयाखिम फिनिक्सले उत्कृष्ट नायक र ‘जुडी’ चलचित्रकी रेने जेल्वेगरले उत्कृष्ट नायिकाको पुरस्कार जितेका छन् ।

ब्र्याड पिटले ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि उत्कृष्ट सहनायक र लौरा डेर्नले ‘म्यारिज स्टोरी’ का लागि उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारेका छन् ।

तपाईको प्रतिक्रिया