आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – रणवीर सिंहको मुख्य भूमिका र कबीर खान निर्देशनमा बनेको फिल्म ‘८३’ को आधिकारिक लागत सार्वजनिक भएको छ । क्रिकेटर कपिल देव र टिम इन्डियाले विश्व कप जितेको समयमा आधारित फिल्म ‘८३’ को निर्माता कम्पनी रिलायन्स इन्टरटेनमेन्ट हो ।

यो फिल्मको लागत ३२० करोड रूपैयाँ रहेको कम्पनीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म निर्माणमा करिब २५० करोड खर्च भएको र मार्केटिङमा करिब ७० करोड खर्च हुने कम्पनीले जनाएको छ ।

फिल्मको बजेट पहिल्यै निश्चित भएको पनि कम्पनीले बताएको छ । ‘८३’ मा कपिल देवको भूमिका रणवीर सिंहले निर्वाह गर्दैछन् भने कपिल देवकी श्रीमतीको भूमिकामा दीपिका पादुकोण छिन् ।

रिलायन्स इन्टरटेनमेन्टमा सिइओ शिवाशीष सरकारका अनुसार रिलायन्स ब्यानरबाट यही वर्ष ठूला बजेटका दुई फिल्म आउँदैछन् । मार्चमा रिलिज हुने ‘सूर्यवंशी’ र अप्रिलमा ‘८३’। दुवै फिल्मको कुल बजेट करिब करिब सात सय करोड रूपैयाँ हुनेछ ।

रोहित शेठ्ठीको निर्देशनमा बन्दै गरेको ‘सूर्यवंशी’ मा अक्षय कुमार, अजय देवगनका साथै रणवीर सिंह पनि देखिनेछन् ।

तपाईको प्रतिक्रिया