आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – सरकारी सवारी साधन मनपरि चलिरहेका अवस्थामा प्रदेश २ मा मन्त्रीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । ट्राफिक नियम उल्लंघन गरेपछि प्रदेश २ का आर्थिक मामिला तथा योजना राज्यमन्त्रीको गाडीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

मन्त्री उषा यादवले चढ्दै आएको ज १ झ ४३९ नम्बरको झण्डावाल गाडीलाई ट्राफिक प्रहरीले शिवचोकदेखि भानुचोकबीचमा ह्वील लक गरेको छ । समाजवादी पार्टीको संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान कार्यक्रम जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा चलिरहेका बेला राज्यमन्त्री यादवलगायतको गाडी बीच बाटोमा राखिएको थियो ।

नो पार्किङ लेखिएको क्षेत्रमा राखिएपछि ट्राफिकले ह्वील लक गरेको हो । मन्त्री यादवको गाडीसँगै राखिएका अन्य सरकारी गाडी पनि कारबाहीमा परेका छन् । कार्यक्रममा सहभागी केही भारतीय नम्बरका गाडी पनि कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया