आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं निर्वाचित भएका छन् । नाट्टाको शुक्रबार राति सम्पन्न मतगणनामा १ सय ५० मत प्राप्त गरी गुरागाईं निर्वाचित भएका हुन् । उनका निकटम प्रतिस्पर्धी भीमप्रसाद पन्तले १ सय २६ र मिहिका धाख्वाले १सय ९ मत प्राप्त गरे ।

वरिष्ठ उपाध्यक्षमा विनय बस्नेत, उपाध्यक्षमा रमेश थापा, महासचिवमा सुधीरकुमार पौडेल उपाध्याय, सचिवमा जिस्वा तुलाधर श्रेष्ठ, कोषाध्यक्षमा कुमारमणि थपलिया र सहकोषाध्यक्षमा युविका भण्डारी निर्वाचित भएका छन् ।

सदस्यमा लक्ष्मी कार्की अधिकारी, गीता ढकाल, सुवर्ण श्रेष्ठ, हरिकुमार श्रेष्ठ, विष्णु कार्की, डेण्डी शेर्पा, राजकुमार देवकोटा, भरतजङ्ग पाण्डे विजयी भएका छन् । शुक्रबार सम्पन्न मतदानमा ४ सय ५ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

नाट्टाका नवनिर्वाचित अध्यक्ष गुरागाईं पुराना पर्यटन व्यवसायी हुन् । गुरागाईं करिब २७ वर्षदेखि पर्यटन व्यवसायमा क्रियाशील छन् । नाट्टाको सदस्य, महासचिव र वरिष्ठ उपाध्यक्ष भएर काम गरिसकेका गुरागाईंले सन् २०१९ मा लुम्बिनीमा सम्पन्न बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टको संयोजक भएर काम गरेका थिए । ***

तपाईको प्रतिक्रिया