आइतबार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

काठमाडौं – कांग्रेस केन्द्रीय सदस्य तथा सांसद गगन थापाले सत्तारुढ नेकपाभित्र कुरा नमिल्दा संघीय संसद अन्तर्गतको प्रतिनिधिसभालाई बन्धक बनाइएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर ८ दिनका लागि स्थगित गरिएपछि थापाले सामाजिक सञ्जाल ट्वीटरमा दलीय बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय भएको उल्लेख गरेका छन् । थापाले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नियमानुसार सदनको प्रक्रिया अगाडी बढाउन आग्रह गरेका छन् ।

‘नेकपाभित्रको स्वार्थको बेमेलको बन्धक संसदलाई बनाउनु निन्दनीय छ । यो संसदीय अभ्यास र गरिमाको मात्र होइन संविधानले प्रवन्ध गरेको शक्ति सन्तुलन र नियन्त्रणको समेत खिलापमा छ,’ थापाले ट्वीटरमा भनेका छन्, ‘उपसभामुखज्यू,संसद कुनै दलको छाया होइन,तपाईं संसदको उपसभामुख हो, नियमानुसार सदनको प्रकृया अगाडी बढाइयोस् ।’

तपाईको प्रतिक्रिया