आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – आँपचौर सेवा समिति जापानको हालै सम्पन्न छैठौं महाधिवेशनले कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिति गठन गरेको छ ।
नवगठित कार्यसमितिको उपाध्यक्ष-त्रयमा महाशर्मा खरेल, विष्णुप्रसाद खरेल र प्रकाश खरेल चयन हुनुभएको छ । यसैगरी समितिको महासचिवमा सविन घिमिरे, सचिवमा परशुराम खरेल (प्रकाश), कोषाध्यक्षमा गोकुल अर्याल र सहकोषाध्यक्षमा नेत्रप्रसाद अर्याल चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा निर्मल अर्याल, कमल खरेल, दधिराम अर्याल, कृष्ण गौतम, विक्रम अधिकारी, प्रशान्त तिवारी, सन्तोष अर्याल र जमुना खरेल रहनुभएको छ ।
२०२० देखि २०२२ सम्म दुई वर्षको कार्यकालका लागि नवगठित कार्यसमितिको सल्लाहकारहरुमा कुलचन्द्र खरेल, तुलाराम तिवारी, गुणराज सापकोटा, महेन्द्रकुमार अधिकारी, देविदत्त अर्याल, बलदेव केसी, गोकुल खरेल, रेशम तिवारी, दधिराम खरेल, बेदप्रसाद अर्याल, चेतन अर्याल, भानु अर्याल, प्रेम खरेल, नेत्रप्रसाद गैरे, लक्ष्मण खरेल र लक्ष्मण भट्टराई रहनुभएको छ ।
तात्कालिन अध्यक्ष महेन्द्रकुमार अधिकारीको सभापतित्वमा भएको सो महाधिवेशन गुल्मी सेवा समिति जापानका अध्यक्ष शालिकराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
तात्कालिन महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालन रहेको सो महाधिवेशनमा कोषाध्यक्ष गोकुल अर्यालको स्वागत मन्तब्य रहेको थियो । महाधिवेशन टोकियोको शिन्जुकुमा गत डिसेम्बर ३१ तारिखमा सम्पन्न भएको थियो ।***

तपाईको प्रतिक्रिया