Deneme Bonusu Veren Siteler
बुधबार, माघ ०९, २०८१
Wednesday, January 22, 2025

टोकियो – अतर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) ले आफ्नो तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन जापानमा गर्ने भएको छ । आगामी जनवरी १० तारिखदेखि १२ सम्म राजधानी टोकियोमा हुने उक्त सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको अनेसास जापानका पूर्व अध्यक्ष तथा कार्यक्रमका संयोजक दीप पाठकले जनाएका छन् । सम्मेलनको उदघाटन सत्र ११ तारिख शनिबार बिहान १० बजे हुने बताईएको छ ।
सम्मेलनमा केन्द्रीय कार्य समितिका सदस्यहरु, बोर्ड अफ ट्रस्टीहरु उपस्थित हुनेछन् । त्यसैगरी संसारभरी छरिएर रहेका दर्जनौ च्याप्टर अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति हुने आयोजक स्रोतले जनाएको छ ।
अनेसासका केन्द्रीय महासचिव गणेश घिमिरेले संसारभरि छरिएर रहेका च्याप्टरका निर्वाचित सदस्य र केन्द्रीय प्रतिनिधिहरुबीच नजिकको सम्बन्ध बनाउन यस्तो सम्मेलन हुने गरेको बताए । मातृभूमिबाट टाढा रहेर पनि नेपाली साहित्यको प्रवर्धनमा लागिरहेका सयौं साहित्यकारहरुबीच सिर्जनाको गुणस्तर र हाम्रो साहित्यको अन्तर्राष्ट्रियकरणलाई पनि यस्ता कार्यक्रमहरुले मलजल हुने अपेक्षा गरिएको बताए ।
सम्मेलनमा नेपाल, बेलायत, अस्ट्रेलिया, पोर्चुगल, कोरिया, इजरायल, कतार, जापान र अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका करीव सयजना साहित्यकारहरुको उपस्थिति हुने जनाइएको छ । प्रत्येक दुई वर्षमा हुने यस्तो सम्मलेन सन् २०१६ बाट सुरु गरिएको थियो । अघिल्लो पटक च्याप्टर सम्मेलन अमेरिकाको न्यु हृयामशायरमा भएको थियो ।
‘विदेशमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्नु आफैमा निकै गाह्रो काम हो । तर यसअघिका अनुभवले हामीलाई साहित्यमा गर्नुपर्ने धेरै बाँकी रहेको बोध गराएको छ ।’ संस्थाका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल ‘माइला’ भन्छन्, ‘यस्ता सम्मेलनमा उठेका विषयकै कारण नेपाली साहित्यलाई अंग्रेजीलगायतका भाषामा अनुवाद गर्न थालेका छौं । टोकियो सम्मेलनले पनि केही महत्वपूर्ण घोषणा गर्ने छ ।’
सम्मेलनमा कार्यपत्र प्रस्तुत गरिने, संस्थाको आन्तरिक बिषयमा छलफल गरिने, बिभिन्न बिषयमा सामुहिक बहस गर्ने र टोकियो घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले बताए । सम्मेलन केन्द्रीय कार्य समितिको आयोजना र जापान च्याप्टरको व्यवस्थापकीय संयोजनमा हुन लागेको हो । ***

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया